ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निष्कासन
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष अवधिको “११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५” निष्कासन गरी बिक्री खुला गरेकोे छ ।
बैंकले ५ अर्ब रुपैयाँ बराबरको, रु. १,००० प्रति ऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आजदेखि निष्कासन गरेको हो । निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुटाइएको थियो । जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गरिने बैंकको भनाइ छ । यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्नेछन् ।
बैङ्कद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्कासन तथा बिक्री छिटोमा फाल्गुन ३ गते गते र ढिलोमा फाल्गुन १४ गतेसम्म बन्द हुने गरी तोकिएको छ । बैंकको यस ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । वार्षिक ११.२५% का दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडलाई तोकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितो पत्र बोर्डबाट अनुमति पत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवम् तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण