राजनीतिकर्मीले प्रेस स्वतन्त्रतामाथि हमला गर्न सक्दैन : सांसद बजगाईं
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता परिपूरक भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रेसले लेखेको समाचारको मूल्याङ्कन समयले गर्ने बताए । ‘नेपाली प्रेस जगतमा पदम ठकुराठी बराबरमा धेरै सम्मानित प्रकाशक र सम्पादक हुनुहुन्छ । प्रेसले के लेख्छ, के छाप्छ, के प्रसारण गर्न समयले मूल्याङ्कन गर्छ । प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता परिपूरक छन्,’ उनले भने ।
यस्तै राजनीतिकर्मीले प्रेस स्वतन्त्रतामाथि हमला गर्न नहुने बताए । एक साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियामा खनिएकोप्रति लक्षित गर्दे उनले भने, ‘एक तन्त्रीय जर्मन कालमा पनि प्रेस स्वतन्त्र थियो । एक राजनीतिकर्मीले प्रेस स्वतन्त्रतामाथि हमला गर्न सक्दैनन् ।’ सामाजिक सञ्जालको प्रयोग गर्दा व्यक्तिगत स्वतन्त्रताको कानुनी मर्यादा भुल्न नहुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण