शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘जनयुद्ध दिवस’ को विरोधमा सिंहदरवार अगाडि प्रदर्शन गरिँदै

सोमबार, ०१ फागुन २०७९, ०७ : ४९
सोमबार, ०१ फागुन २०७९

काठमाडौं । ‘जनयुद्ध दिवस’ मनाउने पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन हुने भएको छ । नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणी दिक्षितका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय र सिंहदरबार मोडमा विरोध तथा धर्नाको आयोजना गरिएको छ ।

‘रगतको होली खेल्ने नेपाल र नेपालीको पीडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सवका नाममा बिदा दिने निर्णयको विरोधमा आयोजित धर्ना’ भन्दै ‘जनयुद्ध दिवस’को विरोध र धर्ना कार्यक्रम तय गरिएको दीक्षितले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप