शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एमसी स्ट्यान : अस्तगफिरुल्लाहबाट बिग बस–१६ का विजेतासम्मको यात्रा

सोमबार, ०१ फागुन २०७९, ११ : ४८
सोमबार, ०१ फागुन २०७९

बिग बस १६ का विजेताको घोषणा भइसकेको छ । पछिल्लो एक दशकभन्दा बढी समयदेखि जारी यो टिभी शोका धेरै दर्शक छन् । थुप्रै प्रतियोगीलाई पछि पार्दै एमसी स्ट्यान बिग बस १६ का विजेता बनिसकेका छन् ।

यस पटक शीर्ष तीन उम्मेदवारमा प्रियङ्का चाहर चौधरी, शिव ठाकरे र एमसी स्ट्यान समावेश रहे ।

दर्शकलाई प्रियङ्का चाहर चौधरीबाट धेरै आशा थियो तर उनी तेस्रो स्थानमा परिन् ।

बिग बसको उपाधि आफ्नो नाममा पार्ने यो लामो लडाइँमा शिव ठाकरे र एमसी स्टेन आमने–सामने भए । तर अन्त्यमा एमसी स्ट्यानले बाजी मारे ।

यस पटकका बिग बस विजेताले एक चम्किलो ट्रफी, कार र ३१ लाख ८० हजार भारु नगद जिते ।

big bossबिग बस फिनालेमा देखिए सनी देओल र अमिषा पटेल

बिग बस १६ का फिनालेमा बिग बसका सबै प्रतियोगिताका साथै धेरै टेलिभिजन कलाकार आफ्नो प्रस्तुति दिइरहेको देखिए ।

यस्तै, बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमिषा पटेल र आफ्नो फिल्म गदर –२ को प्रमोसन गरिरहेको देखिए ।

जानकारका अनुसार बिग बस १५ को तुलनामा दर्शकले यसपटकको बिग बसलाई मन मात्रै पराएनन् माया पनि दिए ।

यस पटक पनि बिग बसको घरमा भएका विभिन्न विवादका साथै प्रतियोगीबीच असाध्यै बहस पनि भयो ।

big boss1को हुन् एमसी स्ट्यान ?

एमसी स्ट्यान हिप–हप क्षेत्रका चर्चित नाम छन् । हिप–हपमा आउनु अघि उनी बिट बक्सिङ र बी बोइङ गर्ने गर्दथे । एमसी स्ट्यान २३ वर्षका मात्रै छन् र यति कम उमेरमा पनि उनले मानिसहरूमा आफ्नो भिन्न पहिचान बनाएका छन् ।

आफ्नो गीतमार्फत उनले निकै राम्रो काम गर्दै आएका छन् । बिग बसको ग्रान्ड फिनालेमा एमसी स्ट्यानका पिता पनि उपस्थित थिए । आफ्नो छोराको सफलता देखेर उनी भावुक पनि देखिए । यस्तै, एमसी स्ट्यान पनि चार महिनापछि आफ्ना पितालाई देखेर आफ्नो आँसु लुकाउन सकेनन् ।

एमसी स्ट्यानका यात्रा निकै शानदार रह्यो । सबै प्रतियोगीको तुलनामा उनको अन्दाज शोमा निकै हिट रह्यो । अभिनेता सलमान खानलाई पनि उनको अन्दाज निकै मन पर्दथ्यो ।

big boss2स्ट्यानको उदयको कहानी

बिग बोस १६ को ताज पहिरेका एमसी स्टेनको वास्तविक नाम अल्ताफ शेख हो । उनी पुणेका बासिन्दा हुन् । एमसी स्टेनको बाल्यकाल असाध्यै साधारण थियो । उनको ध्यान पढाइमा कम र गीतमा बढी थियो ।

स्टेन १२ वर्षको उमेरदेखि कव्वाली गाउने गर्थे । उनले चर्चित र्याकपर रफ्तारसँग पनि प्रस्तुति दिइसकेका छन् ।

उनको जीवन सङ्घर्षले भरिएको छ । धेरै कठिनाइपछि उनले सफलता हात पारे । उनको जीवनमा यस्ता दिन पनि आए जब पैसा नभएका कारण उनले धेरै पटक सडकमा रात बिताउनु परेको थियो ।

कठिन परिस्थितिमा पनि एमसीले हार मानेनन् र उनले आफ्नो गीतमार्फत मानिसलाई आफ्नो जीवनको कहानी बताए र मानिसको नजरमा आफ्नो छवि परिवर्तन गरे । 

यसपछि उनले आफ्नो चर्चित गीत ‘अस्तगफिरुल्लाह’ रिलिज गरे । यस गीतमा उनले आफ्नो सङ्घर्षको कथा सुनाएका छन् । एमसी स्टेनले धेरै गीत गाइसके पनि उनको लोकप्रियता युट्युबमा करिब २१ करोड भ्युज रहेको गीत ‘वाटा’बाट पाएको हो ।

big boss3निराश भए फर्स्ट रनर अप अभिनेता शिव ठाकरे

यस पटक फस्ट रनर अप अभिनेता शिव ठाकरे भए । बिग बोस हिन्दीमा आउनुअघि उनी बिग बोस मराठीको विजेता भइसकेका छन् ।

शिवले अन्य प्रतियोगीहरूलाई हराएर बिग बोसमा आफ्नो विशेष स्थान बनाएका थिए । महाराष्ट्रका शिव ठाकरे एक मराठी अभिनेता र कोरियोग्राफर हुन् ।

अमरावतीमा जन्मेका शिव पहिलो पटक एमटिभी रोडिज राइजिङमा टिभीमा देखिएका थिए । यहीँबाट उनको सानो पर्दा अर्थात् टेलिभिजनको यात्रा सुरु भयो । यस शोमा उनी रणविजयको टोलीमा थिए र सेमिफाइनलमा पुग्न सफल भए तर शोको विजेता बन्न सकेनन् ।

बिग बसको घरमा पनि यस्तै भएको थियो । पछिल्ला दिनहरूमा धेरै प्रतियोगीहरूसँग उनको विवाद भइरहन्थ्यो ।

कति पटक टास्क जिते र कति पटक हारे पनि । बिग बसको शीर्ष २ खेलाडीमा पर्न उनलाई सजिलो थिएन ।

उनले बिग बस १६ को उपाधि जित्न सकेनन् तर जनताको मनमा आफ्नो स्थान बनाउन भने पक्कै सफल भए ।

बीबीसी


 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप