आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बिदा दिएर गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भयोः उपराष्ट्रपति

सोमबार, ०१ फागुन २०७९, १५ : ३७
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गरेको बताएका छन् । सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको बताए । 

उनले बिदालाई लिएर पूर्वाग्रह राख्नेहरुले जेसुकै भनेपनि संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, वागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताए ।  
उनले भने, ‘आज केन्द्र सरकारले दिएको बिदाले नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गरेको छ । गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान गरेको छ । यसमा पूर्वाग्रह राख्नेहरुले चाहे जे सुकै किन नभनुन्, संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, वागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको थियो । हामीले जनताको जीवनमा परिवर्तनको अनुभुति गराउन नसके चुनौतिहरुको चाङ लाग्नेछ र यो परिवर्तनप्रति नै प्रश्नहरु उठ्नेछ । सबै सरकारले यसमा गम्भीर ध्यान दिनुपर्छ ।’

उपराष्ट्रपति पुनले संविधानलाई परिष्कृत परिमार्जन तथा संशोधन गरेर समृद्धि बनाउन र पूर्ण कार्यान्वयन गर्न अझै धेरै मेहनत गर्नुपर्ने बताए । उनले शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पु¥याउन आवश्यक रहेको पनि बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप