‘घिर्लिङ’ मा सागर र सिम्पलको प्रेमकथा
काठमाडौँ । हास्य श्रृखला ‘सक्किगोनी’ मा बलेको चरित्रबाट चर्चित कलाकार सागर लम्साल सिरियको अलवा पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिँदै आएका छन् । नाम र दाम दुबै हुने भन्दै उनी लगातार भिडियो अभिनय गरिरहेका हुन् ।
यस्तैमा सागर अभिनीत नयाँ म्युजिक भिडियो ‘घिर्लिङ’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक म्युजिक भिडियोमा सागरलाई मोडल सिम्पल खरेलले साथ दिएकी छन् ।
भिडियोमा युवा युवतिको पहिलो भेटदेखि प्रेम र विवाहसँगको प्रशंग रोचक तरिकाले देखाइएको छ । भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
गायक अभिनय निरौला र गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द निरौलाकै छ । योगेन्द्र उपाध्यायको संगीत रहेको गीतमा कुशल सिंहको संगीत संयोजन छ ।
भिडियोमा विकास धमलाको सम्पादन र वुद्ध थापाको छायांकन छ । मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक निरौलाका यस अगाडि ‘हुन्न नभन’, ‘अन्तै मबाट’ बोलका गीत आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण