इन्गेजमेन्टपछि रविनालाई बधाईको ओइरो : स्टुअर्टकी छोरीले भनिन्, ‘तपाईंहरुलाई विवाहमा भेट्न आतुर छु’
भ्यालेन्टाइन्स डेको दिनमा इन्गेजमेन्ट गरेकी पूर्व बैंकर रविना देशराजलाई बधाईको ओइरो लागेको छ । आफूले इन्गेजमेन्ट गरेको भन्दै इन्टाग्राममा फोटो हालेपछि उनलाई धेरैले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उक्त फोटोमा रविनाका छोरा–बुहारीलगायत नेपाली सिने जगत्का कलाकार र रविनाका प्रेमी स्टुअर्ट अलेक्जेन्डर च्यापम्यानकी छोरीले समेत बधाई दिँदै खुसी व्यक्त गरेका छन् ।
फोटोमा सबैभन्दा पहिला बुहारी प्रियंका कार्कीको कमेन्ट छ । उनले लेखेकी छिन्, ‘यहाँ भावना पूरै छताछुल्ल छ ।’
यस्तै, कान्छो छोरा आशिरमान देशराज श्रेष्ठ जोशीले आफू आमाका लागि निकै खुसी भएको बताएका छन् ।
यस्तै, जेठो छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले आफ्नो खुसी व्यक्त गर्दै लेखेका छन्, ‘ओ, माई गड ।’
यस्तै, नायिका परमिता राणाले भने परीको कथा वास्तविक जीवनमा घटित भएको भन्दै आफ्नो खुसी साटेकी छिन् ।
यस्तै, उनको फोटोमा नायिका निशा अधिकारी, केही दिन अघि मात्रै इन्गेजमेन्ट गरेकी नायिका सुवेक्षा खड्का, सहाना बज्राचार्यले पनि खुसी हुँदै बधाई दिएका छन् ।
यसका साथै, स्टुअर्टकी छोरी इसाबेला च्यापम्यानले पनि बधाई दिएकी छिन् । उनले कमेन्टमा लेखेकी छिन्, ‘बधाई छ । मेरो बुवाका लागि योभन्दा राम्रो केही कल्पना गर्न सक्दिनँ । तपाईंहरुलाई विवाहमा भेट्न आतुर छु ।’

यस्तै, स्टुअर्टले पनि आफ्नो इन्स्टाग्राममा रबिनाले औँठी लगाएको फोटो सेयर गर्दैै ‘उनले हुन्छ भनिन्’ भन्ने क्याप्सन राखेका छन् ।
यसमा पनि स्टुअर्टकी छोरीले बधाई दिएकी छिन् । यसमा स्टुअर्टले जवाफ फर्काउँदै लेखेका छन्, ‘यो विशेष अवसर तिमीसँग साझा गर्न म निकै आतुर छु ।’
यस्तै, स्टुअर्टका छोरा अलेक्जेन्डर च्यापम्यानले पनि कमेन्ट गर्दै लेखेका छन्, ‘यो उमेरमा पनि यस्तो विशेष पल महसुस गर्न पाउनु भनेको अपत्यारिलो हो । तपाईंहरु दुबैले धेरै राम्रो गर्नुभएको छ र एक–अर्कालाई यत्तिको खुसी बनाउन सक्नु भनेको गर्वको विषय हो । ’
छोराको कमेन्टमा पनि स्टुअर्टले जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘तिमीले क्रिसमसमा रविनालाई भेट्न पायौ, त्यसमा म धेरै खुसी छु । तिम्रो माया र समर्थन मेरो लागि धेरै महत्वपूर्ण छ । लभ यू – ड्याड ।’

तस्विर साभार : प्रियंका कार्की, रविना देशराज, स्टुअर्टकाे इन्स्टाग्रामबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण