सडक आसपासमा राखिएका मदिराको होडिङ बोर्ड हटाउन निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक छेउछाउमा राखिएका मदिराजन्य वस्तुको विज्ञापन बोर्ड हटाउन निर्देशन दिएको छ । मन्त्रालयले आज सडक विभागलाई सडक आसपा राखिएका मदिराको होडिङबोर्ड हटाउन निर्देशन दिएको हो ।
‘छेउमा राखिएका मदिराजन्य विज्ञानपनका कारणले चालकलाई डिस्ट्र्याक्सन गर्ने र दुर्घटना बढ्ने हुन सक्छ,’ निर्देशनमा भनिएको छ, ‘नेपाल जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामाग्री प्रसारण गर्न पाइने छैन लेखिएको छ ।’
विज्ञापन उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था रहेपनि मदिराको हकमा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । त्यसैले सडक आसपास राखिएका मदिराको विज्ञापनलाई हटाउन सडक विभागलाई निर्देशन दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण