सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

थाईको गुफाबाट उद्धार गरिएका वाइल्ड बाेर्सका कप्तानकाे बेलायतमा मृत्यु

बुधबार, ०३ फागुन २०७९, १६ : ५०
बुधबार, ०३ फागुन २०७९

सन् २०१८ मा थाइल्यान्डको गुफाबाट उद्धार गरिएका १२ बालकमध्ये एक डुआङ्गपेच प्रोम्थेपको बेलायतमा मृत्यु भएको छ ।

उनी आइतबार आफ्नो छात्रावासमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई अस्पताल लगिएको थियो । तर  उनको मङ्गलवार मृत्यु भएको उनका गृह नगरका मानिसले बीबीसीलाई बताए ।

उनी गत वर्षको अन्त्यदेखि बेलायतको फुटबल एकेडेमीमा भर्ना भएका थिए ।

उनी थाई केटाहरूको फुटबल टोलीका कप्तान थिए । चियाङ राई प्रान्तस्थित एक गुफामा घुम्न जाँदा उनीहरू दुई हप्ताभन्दा बढी समयसम्म भित्रै फसेका थिए । 

केटाहरूलाई गुफा भित्र देखेपछि, गोताखोरको देखाएको बत्तीको उज्यालोमा देखिएको उनले मुस्कुराइरहेको अनुहार धेरैलाई याद छ । 

गत वर्ष अगस्टमा, साथीहरूले डोम भनेर बोलाउने प्रोमथेपले इन्स्टाग्राममा आफूले लिसेस्टरशायरको ब्रुक हाउस कलेज फुटबल एकेडेमीमा सामेल हुन छात्रवृत्ति जितेको जानकारी दिएपछि उनको टोलीका साथीहरू हर्षित भएका थिए । उनले इन्स्टाग्राममा लेखेका थिए, ‘आज मेरो सपना साकार भएको छ ।’

तर ६ महिना बित्न नपाउँदै उनीहरू आफ्नो साथी गुमाउनु परेकोमा शोकमा छन् । 

उनको मृत्युको खबर उनकी आमाले आफ्नो स्थानीय मन्दिर वाट डोईलाई दिएपछि जानकारीमा आएको हो । ‘डोमको आत्माले शान्ति पाओस्,’ भिक्षुहरूसँग फुटबल टोलीको तस्बिरसहितको पोस्टमा भनिएको छ ।

साथै, उनका टोलीका साथीहरूले पनि यसबारे विभिन्न पोस्ट गरे ।

‘राष्ट्रिय टिमका लागि आफूले खेलेको हेर्नका लागि केही समय पर्ख भनेर तिमीले भन्थ्यौ । तिमीले यस्तो गर्नेछौ भनेर मलाई सधैँ विश्वास छ, ’ प्रचाक सुथामले लेखे । सन् २०१८ मा उनीसँगै प्रचाकलाई पनि उद्धार गरिएको थियो ।

‘तिमी इङ्गल्यान्ड जानु अघि अन्तिम पटक भेट्दा मैले ठट्टामा भनेकी थिएँ कि तिमी फर्केर आउँदा मैले तिम्रो अटोग्राफ माग्नुपर्छ । मेरो प्यारो साथी, राम्रोसँग सुत । हामी सधैँ १३ जना सँगै हुनेछौँ ।’

अर्का किशोर टाइटान चानिन भिबुनरुङग्रावङले भने, ‘भाइ, तिमीले मलाई ‘हामीले हाम्रो फुटबलको सपना साकार पार्नेछौँ’ भनेर भन्थ्यौ । तिमी यस्तो व्यक्ति थियौ जसले मलाई प्रगति गर्न र तिम्रो स्तरमा आउन प्रेरित गर्ने गर्दथ्यौ । यदि अर्को दुनियाँ साँच्चै न छ भने म तिमीसँग पुनः फुटबल खेल्न चाहन्छु । मेरो भाइ डोम ।’

प्रोमथेप बेलायत जानुअघि चियाङ माईको भाचिरलाई बि स्कुलमा अध्ययनरत थिए । फुटबलका असाध्यै ठुला प्रेमी उनी चियांग माईको युवा टोलीको सदस्य थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप