आन्दोलनका क्रममा पसल लुट्नेको खोजी गर्दै प्रहरी, हालसम्म ४ जना पक्राउ
काठमाडौँ । सोमबार राजधानीको बालाजु क्षेत्रमा भएको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएकाहरुको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले घटनामा संलग्न संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्कृनिङ गर्ने काम भइरहेको बताए ।
बुधबार पत्रकार सम्मेलन जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले हालसम्म सो घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा दैलेख घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन् ।
उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण