बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

आन्दोलनका क्रममा पसल लुट्नेको खोजी गर्दै प्रहरी, हालसम्म ४ जना पक्राउ

बुधबार, ०३ फागुन २०७९, १४ : ००
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । सोमबार राजधानीको बालाजु क्षेत्रमा भएको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएकाहरुको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । 

यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न भएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले घटनामा संलग्न  संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्कृनिङ गर्ने काम भइरहेको बताए । 

बुधबार पत्रकार सम्मेलन जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले हालसम्म सो घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरिएको बताए । 

पक्राउ पर्नेमा दैलेख घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन् । 

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

555

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप