नागढुङ्गाबाट खैरो हेरोइनसहित एक पुरुष पक्राउ
बुधबार, ०३ फागुन २०७९, १७ : ५९

काठमाडौँ । प्रहरीले बुधवार काठमाडौँबाट लागुऔषध खैरो हेरोइनसहित एक पुरुषलाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइन करिब ३ ग्राम सहित काठमाडौँ महानगरपालिका–२३ वसन्तपुर बस्ने ३५ वर्षीय अनिष बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको प्र.१–०२–००१ ख ९५२६ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा लागुऔषसहित बज्राचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बज्राचार्यका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?