नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सशस्त्र प्रहरीले गर्यो सम्मान
काठमाडौँ । सशस्त्र प्रहरी बलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलाडीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा उनले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको ज्ञान, सीप र क्षमताको सङ्गठनले उच्च मूल्याङ्कन गरेको बताए । उनले आगामी दिनमा समेत खेलाडीले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानमा सञ्चालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ कास्य गरी कूल दुई सय १९ पदकसहित दोस्रो स्थान हासिल गरेको थियो ।
कूल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा पाँच सय ४९ जना खेलाडीको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा उक्त प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामूहिक खेलतर्फ दुई वा दुईभन्दा बढी विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्षपछि प्यालेस्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा हुने
-
देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक
-
करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन
-
प्रतिनिधिसभामा चार विधेयक टेबुल
-
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
-
आत्मदाह प्रयासपछि गणेश नेपालीको पक्षमा सडकमा उत्रिए मुगुवासी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण