श्रीलङ्कामा ६६ प्रतिशत विद्युत् महसुल वृद्धि गर्न अनुमति

कोलम्बो । श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ ।
आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा रहेको विद्युत् उत्पादक सिलोन इलेक्ट्रिसिटी बोर्ड (सीईबी) बाट घाटाबाट बच्नका लागि विद्युत् शुल्कमा ६६ प्रतिशत वृद्धि गर्ने प्रस्ताव आएको थियो ।
आयोगलाई सम्झौतामा आउन करिब छ हप्ता लागेको छ ।
श्रीलङ्काको सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा सीईबीले १५२ अर्ब भारु (४१करोड ६० लाख अमेरिकी डलर) बराबरको नोक्सानी व्यहोरेको थियो ।
श्रीलङ्काले सन् २०२२ को अगष्टमा विद्युत् महसुलमा ७५ प्रतिशतले वृद्धि गरे घाटामा रहेको भन्दै जनवरी २०२३ मा मन्त्रीपरिषद्लाई जानकारी गराएको थियो । त्यसपछि मन्त्रीपरिषद्ले अर्को शुल्क वृद्धिलाई अनुमति दिएको थियो । आयोगले कुनै पनि शुल्क परिवर्तनहरू कार्यान्वयन गर्नुअघि अनुमति सरकारबाट स्वीकृति प्राप्त गर्नुपर्छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सवइन्जिनियरविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
-
अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द
-
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाई सुरुवात
-
ओलीको व्याख्या : जेन–जीले चलाउने सबै व्यवसाय स्टार्टअप
-
कार्यक्रम दोहोरिएकोबारे प्रधानमन्त्री ओलीको यस्तो जवाफ
-
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ