श्रीलङ्कामा ६६ प्रतिशत विद्युत् महसुल वृद्धि गर्न अनुमति
कोलम्बो । श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ ।
आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा रहेको विद्युत् उत्पादक सिलोन इलेक्ट्रिसिटी बोर्ड (सीईबी) बाट घाटाबाट बच्नका लागि विद्युत् शुल्कमा ६६ प्रतिशत वृद्धि गर्ने प्रस्ताव आएको थियो ।
आयोगलाई सम्झौतामा आउन करिब छ हप्ता लागेको छ ।
श्रीलङ्काको सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा सीईबीले १५२ अर्ब भारु (४१करोड ६० लाख अमेरिकी डलर) बराबरको नोक्सानी व्यहोरेको थियो ।
श्रीलङ्काले सन् २०२२ को अगष्टमा विद्युत् महसुलमा ७५ प्रतिशतले वृद्धि गरे घाटामा रहेको भन्दै जनवरी २०२३ मा मन्त्रीपरिषद्लाई जानकारी गराएको थियो । त्यसपछि मन्त्रीपरिषद्ले अर्को शुल्क वृद्धिलाई अनुमति दिएको थियो । आयोगले कुनै पनि शुल्क परिवर्तनहरू कार्यान्वयन गर्नुअघि अनुमति सरकारबाट स्वीकृति प्राप्त गर्नुपर्छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण