शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

घरको ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

बिहीबार, ०४ फागुन २०७९, ०६ : ०७
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी ८७ वर्षीय आमा हरिकला भण्डारी  घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।

अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ । 

सिलिन्डर राति करिब १० बजेतिर  विस्फोट भएको सचिवालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप