युरोप जान लागेका ७३ आप्रवासी लिबिया तटमा हराए

लिबिया । लिबियाको तटमा भएको जहाज दुर्घटनामा कम्तीमा ७३ युरोप जाने खोज्ने आप्रवासी र शरणार्थी हराएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार बेपता भएका धेरैको मृत्यु भएको आशङ्का गरिएको छ । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले ट्विट गर्दै ७३ आप्रवासी हराएको जनाएको हो ।
लिबियाका अधिकारीहरूले भने दुर्घटना भएको जहाजबाट कम्तीमा ११ शव निकालेको बताएको छ। जसमा सात जना बाँचेका थिए, उनीहरूलाई अस्पताल लगिएको थियो।
जहाज दुर्घटना भएको सो स्थल भूमध्य सागरमा आप्रवासीहरूका लागि प्रमुख मार्ग रहेको हो ।
आईओएमको मिसिङ माइग्रेन्ट्स प्रोजेक्टका अनुसार २०१४ यता भूमध्य सागरमा २५ हजार ८२१ आप्रवासी र शरणार्थी बेपत्ता भएका छन्।
हालैका वर्षहरूमा लिबिया अफ्रिका र मध्य पूर्वका शरणार्थीहरू र शरणार्थीहरूको लागि प्रमुख ट्रान्जिट प्वाइन्टको रूपमा देखा परेको छ जसबाट उनीहरू युरोप जान खोज्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता