शिवको पूजामा के के चढाउन मिल्दैन ?
काठमाडौँ । भगवान शिवलाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौं। महाशिवरात्रि पुजा आज देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । यस दिन भक्तजनहरूले पूर्ण भक्तिपूर्वक शिवको पूजा गर्छन्। शिवभक्तहरू महाशिवरात्रिको शिव मन्दिरहरुमा पुगिरहेका छन् । मान्यताअनुसार यस दिन भगवान शिवले कैलाश पर्वतमा माता पार्वतीसँग विवाह गरेका थिए । भोलेनाथलाई प्रसन्न पार्नको लागि आजको दिन निकै शुभ मानिन्छ । भगवान शंकरको आराधनामा केही विशेष नियमको ख्याल गर्नुपर्छ, अन्यथा भोलेनाथ क्रोधित हुन्छन् ।
शिव पूजामा के के कुरामा ध्यान दिनुपर्छ ?
१. शिवलिंगमा जल चढाउँदा फलाम वा स्टिलका भाँडाहरू प्रयोग नगर्नुहोस्। यसको सट्टा, तपाईंले पीतल, चाँदी प्रयोग गर्नुपर्छ। भगवान शिवको अभिषेकमा गल्तिले पनि भैंसीको दूध प्रयोग गर्नु हुँदैन ।
२. बेसारलाई सबै धार्मिक कार्यमा पनि अति पवित्र र महत्वपूर्ण मानिन्छ तर भगवान शंकरको पूजामा बेसार चढाइँदैन । सौन्दर्य प्रसाधनमा बेसारको प्रयोग गरिन्छ । शास्त्रका अनुसार शिवलिंगलाई पुरुषत्वको प्रतीक मानिने भएकाले महादेवलाई बेसार चढाइँदैन ।
३.भोलेनाथलाई कनेर र कमल बाहेक अरु फुल मन पर्दैन । भगवान शिवलाई रातो रंगको फूल, केतकी र केवडाको फूल चढाउनु हुँदैन। यसो गर्नाले पूजाको फल मिल्दैन।
४. शास्त्रअनुसार भगवान शिवको पूजामा सिन्दुर र रोलीको प्रयोग हुँदैन । त्यसैले शिवलिंगमा रोली चढाउनु हुँदैन।
५.भगवान विष्णुलाई शंख अति प्रिय छ तर भगवान शिवको पूजामा शंखको प्रयोग हुँदैन । भगवान शंकरले शंखचुर नामक राक्षसलाई मारेका हुनाले भगवान शिवको पूजामा शंख निषिद्ध मानिन्छ ।
६. भगवान शिवलाई तुलसीको पात चढाउनु पनि अशुभ मानिन्छ । यसका पछाडि एउटा किंवदन्ती पनि छ । भनिन्छ, असुरराज जालन्धरकी पत्नी वृन्दा तुलसीको बोट बनेकी थिइन्। भगवान शिवले जलन्धरको वध गरेका थिए, त्यसैले वृन्दाले शिवको पूजामा तुलसीको पात प्रयोग नगर्न भनिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण