निमावि तहकै पढाइमा सीमित मुस्लिम समुदायका किशोरीहरू
दाङ । आकाशे रङ्गको कुर्ता, नीलो सुरुवाल, कालो बुर्काले छोपेको मुहार । एकैनासका स–साना बालबालिका । मदरसाभित्र खेल्दै पढ्दै गरिरहेका उनीहरू एकापसमा आफ्नै उर्दू भाषामा गफिई रहेका छन् ।
कालो बुर्काभित्र धेरै पढ्ने लेख्ने खुसीको मुहार मात्रै होइन, कयौँ रहर र सपनाहरू छोपिएका छन् । एकातिर मनका सपना र रहर, अर्कोतिर एउटा स्कुलको सीमित पढाइ ।
अन्य विद्यालय जाऔँ न भाषा मिल्छ, न भेष । जसका कारण मुस्लिम समुदायका किशोरीहरू उच्च शिक्षा पढ्ने रहरलाई थाती राख्दै विद्यालय छोड्न बाध्य छन् ।
यो बाध्यता हो, मदरसा दारुल अल सलफिया आधारभूत विद्यालय घोराहीमा अध्ययनरत मुस्लिम समुदायका बालिकाहरूको, जहाँ कक्षा ८ सम्मको पढाइ हुन्छ । त्यहाँ मुस्लिम समुदायका ९३ जना बालिकाहरू अध्ययन गर्दछन् ।
२०२५ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ९ देखि माथिल्लो तहको पढाई नहुँदा निमावि तहकै पढाइमा मुस्लिम समुदायका किशोरीहरू सीमित छन् ।
सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी भन्छिन्, ‘हाम्रो पढ्ने लेख्ने रहर र खुसी यही मदरसाभित्र सीमित छ ।’
मदरसा दारुल अल सलफिया आधारभूत विद्यालयमा कक्षा ८ सम्म औपचारिक शिक्षासँगै उर्दू र अरबी भाषाको पढाई पनि हुन्छ । त्यहाँ मुस्लिम समुदायका तीन जना धर्मगुरुहरुले पढाउँछन् ।
उक्त विद्यालयका प्रधानाध्यापक ममता खत्रीले कक्षा ८ पासपछि अन्य विद्यालयको पोसाक मुस्लिम समुदायको जातीय पहिरनसँग नमिल्दा किशोरीहरूले विद्यालय छोड्नुपर्ने कारणमध्ये एक रहेको बताइन् । उनले भनिन्–‘अधिकांश विद्यालयमा पोसाक सर्ट र पाइन्ट छ । मुस्लिम समुदायका किशोरीहरूलाई त्यो पोसाक लगाउन धर्मले दिँदैन । ’
‘धर्मप्रति हामी प्रतिबद्ध छौँ । हाम्रो धर्मले छोरीहरूले पढ्न हुँदैन भन्ने छैन । तर हाम्रो समुदायका छोरीहरूको पढाई पहिरनले छेकेको छ,’ मदरसा दारुल अल सलफिया आधारभूत विद्यालय घोराहीका धर्म गुरु मोहमद समिमले भने, ‘हामीले चाहेको प्रत्येक स्कुलमा छोरीहरूका लागि कुर्ता, सुरुवाल लगाउने बनाउनु पर्छ भन्ने हो । त्यो नहुँदा मुस्लिम समुदायका छोरीहरू माथिल्लो पढाइका लागि अन्य विद्यालय जान सकेको छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण