एलन मस्कका बुबा एरोल मस्क भारतमा
बिहीबार, २२ जेठ २०८२, ०० : ५७

समाचार सारांश
- एलन मस्कका बुबा एरोल मस्क बुधबार भारतको अयोध्या पुगेर राम मन्दिरको दर्शन गरे।
- उनले भारत एक अद्भुत देश भएको र यहाँका मानिसहरू प्रेरणादायी भएको बताए।
- मस्कले भारत र उनको देशबीचको सम्बन्ध राम्रो बनाउन असल नेताको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।
काठमाडौं। विश्वका धनाढ्य व्यक्ति खर्व पति एलन मस्कका बुबा एरोल मस्क बुधबार भारत आइपुगेका छन् ।
आफ्नी छोरी परिवारका अन्य सदस्यसहित बुधबार विशेष विमानबाट अयोध्या पुगेका उनले राम मन्दिरको दर्शन गरेका हुन् ।
विमानस्थलमा उपस्थित पत्रकारहरूसँग कुरा गर्दै मस्कले भने ‘यस देशका मानिसहरूलाई प्रेरणा दिने ठाउँ हेर्न पाउनु ठुलो भाग्यको कुरा हो। भारत एउटा अद्भुत देश हो।’
उनले भने, ‘मेरो देशमा पनि धेरै भारतीयहरू बस्छन्। त्यसैले म भारतीय संस्कृतिसँग परिचित छु र त्यही कारणले गर्दा म यहाँ आएको हुँ। यहाँका मानिसहरू धेरै दयालु र असल छन्।’
कुराकानीको क्रममा दुई देशबिचको सम्बन्धमा कुरा गर्दै उनले असल नेताका कारण दुई देशबिचको सम्बन्ध राम्रो हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्याली
-
पत्रकार हुँ भनी कर्मचारीलाई धम्काएर रकम असुल्ने नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
कृषि क्षेत्रको विकासका लागि एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्नुपर्छ : सांसद शाक्य
-
आर्सनलमै रहने भए ब्राजिलियन डिफेन्डर ग्याब्रियल
-
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’