एलन मस्कका बुबा एरोल मस्क भारतमा
बिहीबार, २२ जेठ २०८२, ०० : ५७
सारांश
- एलन मस्कका बुबा एरोल मस्क बुधबार भारतको अयोध्या पुगेर राम मन्दिरको दर्शन गरे।
- उनले भारत एक अद्भुत देश भएको र यहाँका मानिसहरू प्रेरणादायी भएको बताए।
- मस्कले भारत र उनको देशबीचको सम्बन्ध राम्रो बनाउन असल नेताको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।
काठमाडौं। विश्वका धनाढ्य व्यक्ति खर्व पति एलन मस्कका बुबा एरोल मस्क बुधबार भारत आइपुगेका छन् ।
आफ्नी छोरी परिवारका अन्य सदस्यसहित बुधबार विशेष विमानबाट अयोध्या पुगेका उनले राम मन्दिरको दर्शन गरेका हुन् ।
विमानस्थलमा उपस्थित पत्रकारहरूसँग कुरा गर्दै मस्कले भने ‘यस देशका मानिसहरूलाई प्रेरणा दिने ठाउँ हेर्न पाउनु ठुलो भाग्यको कुरा हो। भारत एउटा अद्भुत देश हो।’
उनले भने, ‘मेरो देशमा पनि धेरै भारतीयहरू बस्छन्। त्यसैले म भारतीय संस्कृतिसँग परिचित छु र त्यही कारणले गर्दा म यहाँ आएको हुँ। यहाँका मानिसहरू धेरै दयालु र असल छन्।’
कुराकानीको क्रममा दुई देशबिचको सम्बन्धमा कुरा गर्दै उनले असल नेताका कारण दुई देशबिचको सम्बन्ध राम्रो हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण