उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र आइएमएफका प्रमुखबीच भेटवार्ता भयो, जसमा आगामी बजेट, मौद्रिक नीति र अर्थतन्त्रबारे छलफल भयो।
- अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएको र ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव रहेको बताए।
- आइएमएफ प्रमुखले निजी क्षेत्रको धारणा र नेपालको समग्र अर्थतन्त्रबारे जानकारी लिए, साथै नयाँ सहकार्यबारे छलफल भएको बताए।
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा सरावतजहानबीच भेटवार्ता भएको छ।
बुधबार महासङ्घ सचिवालय टेकुमा भएको भेटवार्तामा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा छलफल भएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा महासङ्घका अध्यक्ष ढकालले चालु आवको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिका रूपमा प्राथमिकता दिएको बताए । उनले भने, “हामीले बजेटलाई सकारात्मक रूपमा लिएका छौँ । बजेटले छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमानदार भए सम्भव छ ।”
अध्यक्ष ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासङ्घले सरकारसँग पैरवी गर्दै आइरहेको धारणा राखे ।
डा सरावतजहानले आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षालगायत नेपालको समग्र अर्थतन्त्रका बारेमा जानकारी लिएका थिए। साथै उनले नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबिचको सहकार्य तथा आइएमएफले सरकारसँग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण