जुम्लामा ग्यास लिक भएर आगलागी

जुम्ला । जुम्लामा ग्यास लिक भएर आगलागी भएको छ । चन्दननाथ नगरपालिका –६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको घरको तीन तले घरको ग्राउन्ड फ्लोरमा आगलागी हुँदा ४ वटा कोठा, गल्ली र माथि तला जाने भर्याङमा क्षति भएको छ । प्रहरीका अनुसार सो घरमा भाडामा बसेका नवराज खड्का खाना पकाउँदै गर्दा एक्कासि रेगुलेटरमा आगो निस्केर आगजनी भएको थियो ।
लिक भइरहेको आगो निभाउन खोज्दा ग्यास सिलिन्डर ढलेको र अन्य ठाउँमा आगो फैलिएको थियो ।आगो भने नियन्त्रणमा आइसकेको छ । प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलदे आगो नियन्त्रणमा लिएको हो ।
आगलागी भइरहेको समयमा दोस्रो र तेस्रो तलामा रहेका सरस्वती बुढ्थापा, प्रमिला बुढा, कर्मकन्या हमाल, पुजा बुढा र माया लक्ष्मी बुढालाई उद्धार गरिएको थियो । उनीहरूलाई अर्को नयाँ निर्माण भइरहेको घरबाट भर्याङ लगाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । स्थानीय गोपाल रोकायाले अन्तिममा छतमा रहेकी एक जना ज्येष्ठ नागरिक महिलालाई कठिन अवस्थामा उद्धार गरिएको बताए । उनका अनुसार दमकल समयमै त्यो क्षेत्रमा पुगे पनि बाटो नभएका कारण घर नजिक जान सकेको थिए । तर ्रन्यौपानेको घरको छेउमा रहेको कालीबहादुर बुढाको घरको ट्याङ्कीमा रहेको पानीले आगो निभाउन ठुलो सहयोग पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबी : अमेरिकासँग एलियन छ
-
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न
-
गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गरिने
-
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
-
बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै
-
राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने