आर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखलाई लिएर गतिरोध जारी
आर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखलाई लिएर गतिरोध जारी छ । यी दुई देशका नेताले आफ्नो विवादित नागोर्नो–काराबाख इलाकाको विषयमा आ–आफ्नो अडान छोडेनन् ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभबीच अक्टोबरपछि पहिलो पटक भएको भेटवार्तामा यस्तो देखिएको हो ।
जर्मनीमा आयोजना भइरहेको म्युनिख सुरक्षा सम्मेलनको शनिवार छुट्टै भएको यो बैठकको आयोजना अमेरिकाका विदेश मन्त्री एन्टनी ब्लिङ्कनले गरे ।
यस क्रममा यी दुई देशका नेताहरू आफ्नो विवादित नागोर्नो–काराबाख क्षेत्रको विषयमा गतिरोध देखिएको हो ।
नागोर्नो–काराबाख क्षेत्र र आर्मेनियाबीचको सम्पर्कको एक मात्र माध्यम लाचिन करिडोरको नाकाबन्दीलाई लिएर डिसेम्बरदेखि दुई देशबीच तनाव बढेको छ । उक्त भेटपछि दुवै नेताले शान्ति सम्झौतामा प्रगति हुने कुरा गरे ।
तर, पछि भएको प्यानल छलफलमा नागोर्नो–काराबाख क्षेत्र, लाचिन करिडोर र भावी वार्ताका विषयमा दुई देशबीच समन्वयको अभाव देखिएको थियो । नागोर्नो–काराबाख क्षेत्र हुन त अजरबैजानको एक हिस्सा हो । तर यसका १२ लाख बासिन्दाहरूमध्ये अधिकांश आर्मेनियाली मूलका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण