प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकारमा जसपा पनि सहभागी
आइतबार, ०७ फागुन २०७९, २३ : ०३
बुटवल । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ। आइतबार मुख्यमन्त्री लिला गिरिको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका हुन्। भण्डारीलाल प्रदेश सभा बाँके २ क का सांसद हुन्।
यसअघि कृषिमन्त्री रहेका एमालेका तुल्सीराम शर्मालाई बिनाविभागीय मन्त्री बनाइएको छ। शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
नवनियुक्त मन्त्रीको सपथग्रहण भोलि गर्ने तयारी रहेको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण