राष्ट्रपतिबारे छलफल गर्न माओवादी बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजेबाट बैठक सुरु भएको हो । बैठकमा माओवादी केन्द्रले भावी राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । माओवादी केन्द्रले आफुले भने राष्ट्रपतिमा उम्मेदवारी नदिने बताउदै आएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक मानिएको छ । नेपाली कांग्रेस र एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै आएपनि माओवादीले जसलाई समर्थन गर्छ उसैको जित हुने भएकाले माओवादीलाई आफ्नो पक्षमा पार्न दुवै दल लागेका छन् ।
गत पुस १० गते माओवादीलाई प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति दिने सहमति भएको एमालेले दावी गर्दै आएपनि माओवादी नेताहरुले त्यसलाई अस्वीकार गर्दै आएका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बटमलाइन बनाएको छ । माओवादीको उक्त बटमलाइन एमालेले रुचाएको छैन । जसले गर्दा सत्ता गठबन्धनमाथि नै प्रश्न उठ्न थालेका बेला माओवादी बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
५ सदस्यीय सांसद टोली चीन प्रस्थान, के छ कार्यक्रम ?
-
अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु
-
चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने