राष्ट्रपतिबारे छलफल गर्न माओवादी बैठक जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजेबाट बैठक सुरु भएको हो । बैठकमा माओवादी केन्द्रले भावी राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । माओवादी केन्द्रले आफुले भने राष्ट्रपतिमा उम्मेदवारी नदिने बताउदै आएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक मानिएको छ । नेपाली कांग्रेस र एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै आएपनि माओवादीले जसलाई समर्थन गर्छ उसैको जित हुने भएकाले माओवादीलाई आफ्नो पक्षमा पार्न दुवै दल लागेका छन् ।
गत पुस १० गते माओवादीलाई प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति दिने सहमति भएको एमालेले दावी गर्दै आएपनि माओवादी नेताहरुले त्यसलाई अस्वीकार गर्दै आएका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बटमलाइन बनाएको छ । माओवादीको उक्त बटमलाइन एमालेले रुचाएको छैन । जसले गर्दा सत्ता गठबन्धनमाथि नै प्रश्न उठ्न थालेका बेला माओवादी बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण