स्थानीय उत्पादनको प्रयोग बढाऔं : राजेश हमाल
काठमाडौँ । दाङको घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले प्रस्तुति दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा जारी प्रदर्शनीको छैठौँ दिन हमालले स्थानीय उत्पादनको प्रयोग गर्न अनुरोध गरेका छन्।
हमालले नेपाललाई आत्मनिर्भर बनाउनका लागि स्थानीय एवं स्वदेशी उद्योगबाट उत्पादन वस्तुहरुको प्रयोग गर्न सबैलाई अनुरोध गरे । उनले यस्ता प्रदर्शनीले स्थानीय लघु तथा घरेलु उद्योगबाट उत्पादन भएका वस्तुहरुको बजारीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । साना तथा घरेलु उद्योगले स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना हुने समेत उनले बताए ।
उनले भने, ‘सानो भुगोलमा पनि विविध हावापानीका कारण अनेकौ प्रकारका कृषि उत्पादन गर्न सकिने भएकाले उत्पादित वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकण गर्न आवश्यक छ, स्थानीय सीप, साधन र स्रोतको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रयोग गरि देशलाई आत्मनिर्भर बनाउनुपर्नेछ ।’
हमालले स्थानीय उत्पादन प्रयोग गरि स्वास्थ्य समस्याबाट सुरक्षित रहन र विदेशी वस्तुको आयातलाई प्रतिस्थापन गरि निर्यातलाई प्रवद्र्धन गरेर विदेशी मुद्रा आर्जन गर्न प्रदर्शनीमा सहभागी सर्वसाधारणलाई आग्रह गरेका छन् । उद्योगलाई राष्ट्रका जग बताउँदै हमालले यिनीहरुको संरक्षण गर्न आवश्यक रहेको कुरा औंल्याए । उनले भने, ‘व्यापार भन्दा उद्योगलाई प्रवद्र्धन गर्न र युवा जनशक्तिलाई विदेश जानबाट रोक्न आफ्नै देशमा उद्योग स्थापना गरांै, राष्ट्रको आर्थिक जग बलियो बनाऔं ।’
हालसम्म प्रदर्शनीमा आठ हजार बढी सर्वसाधरणले अवलोकन गरेको प्रदर्शनीका आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिए । सोमबारको प्रदर्शनीमा हमालसँगै जानकी तारमी मगर, सुप्रीम मल्ल, पिताम्बर रिजाल, आरुषी मगर, माधव जोन क्षेत्री लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण