यी व्यक्तिले खान हुँदैन हात्तीपाइलेविरुद्धको औषधि

काठमाडौँ । सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान यही फागुन ११ गतेदेखि २५ गतेसम्म रोग प्रभावित १५ जिल्लाहरूमा अभियान सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेका अनुसार हात्तीपाइले विरुद्धको औषधि सबैले सेवन गर्न हुँदैन । जसबारे मन्त्रालयले जानकारी गराएको छ–
कसले खाने ? कसले नखाने
२ वर्ष उमेर पुरा गरेका सबैले यो औषधि खानुपर्छ । तर, दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीले हात्तीपाइलेको औषधि खानुहुँदैन ।
हात्तीपाइलेविरुद्धको औषधि नखाँदा के हुन्छ ?
लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले हुन सक्छ । यो रोग लागेमा खुट्टा सुनिने, पुरुषहरूमा अण्डकोष सुनिने र महिलाहरूको स्तन सुनिने हुन्छ । शरीरमा हात्तीपाइलेको परजीवी रहेछ भने पनि औषधि खाएपछि मर्छ । यस्तै हात्तीपाइलेका कारण शारीरिक अपाङ्गताबाट जोगाउने मन्त्रालयको भनाइ छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि सुरक्षित र प्रभावकारी रहेको मन्त्रालयको भनाइ छ । साथै यो औषधि निःशुल्क पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ