यी व्यक्तिले खान हुँदैन हात्तीपाइलेविरुद्धको औषधि
काठमाडौँ । सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान यही फागुन ११ गतेदेखि २५ गतेसम्म रोग प्रभावित १५ जिल्लाहरूमा अभियान सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेका अनुसार हात्तीपाइले विरुद्धको औषधि सबैले सेवन गर्न हुँदैन । जसबारे मन्त्रालयले जानकारी गराएको छ–
कसले खाने ? कसले नखाने
२ वर्ष उमेर पुरा गरेका सबैले यो औषधि खानुपर्छ । तर, दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीले हात्तीपाइलेको औषधि खानुहुँदैन ।
हात्तीपाइलेविरुद्धको औषधि नखाँदा के हुन्छ ?
लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले हुन सक्छ । यो रोग लागेमा खुट्टा सुनिने, पुरुषहरूमा अण्डकोष सुनिने र महिलाहरूको स्तन सुनिने हुन्छ । शरीरमा हात्तीपाइलेको परजीवी रहेछ भने पनि औषधि खाएपछि मर्छ । यस्तै हात्तीपाइलेका कारण शारीरिक अपाङ्गताबाट जोगाउने मन्त्रालयको भनाइ छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि सुरक्षित र प्रभावकारी रहेको मन्त्रालयको भनाइ छ । साथै यो औषधि निःशुल्क पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण