आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

बुधबार, १० फागुन २०७९, २३ : ०४
बुधबार, १० फागुन २०७९

काठमाडौँ । उपत्यकाको ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा बाप्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीमिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बा ८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप