टोयोटा र होन्डाद्वारा कर्मचारीको तलबमा कीर्तिमानी वृद्धि गर्ने घोषणा
जापानी मोटर कम्पनी टोयोटा र होन्डाले जापानमा आफ्ना कर्मचारीको तलबमा कीर्तिमानी वृद्धि गर्ने घोषणा गरेको छ । यो विगत केही दशकयताकै सबैभन्दा ठुलो तलब वृद्धि हुनेछ ।
विश्वको तेस्रो ठुलो अर्थतन्त्रमा मूल्यवृद्धिलाई ध्यानमा राख्दै तलब वृद्धि घोषणा गर्ने कम्पनीको सूचीमा टोयोटा र होन्डा पनि परेका छन् ।
आधिकारिक तथ्याङ्क अनुसार जापानमा मुद्रास्फीति विगत ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ । यसले कम्पनी र त्यहाँको सरकारमा जनताको मद्दतका लागि दबाब बढेको छ । जनताको कम हुँदै गएको व्यय क्षमतालाई सम्हाल्नका लागि यस्तो दबाब दिइएको हो ।
जापानमा प्रत्येक वर्ष, कम्पनीहरूले सामान्यतया तलब वृद्धिको घोषणा गर्नु अघि कर्मचारी युनियनहरूसँग वार्ता गर्छन्, र यो काम प्रायः मार्च १५ को आसपास गरिन्छ । तर, यस पटक कम्पनीहरूले समय अगावै तलब वृद्धि घोषणा गरिरहेका छन् ।
यद्यपि, यी कार निर्माताहरूले अहिलेसम्म यो वर्षको घोषणा किन समयभन्दा अगाडि गरिएको हो भन्ने जानकारी दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण