टोयोटा र होन्डाद्वारा कर्मचारीको तलबमा कीर्तिमानी वृद्धि गर्ने घोषणा

जापानी मोटर कम्पनी टोयोटा र होन्डाले जापानमा आफ्ना कर्मचारीको तलबमा कीर्तिमानी वृद्धि गर्ने घोषणा गरेको छ । यो विगत केही दशकयताकै सबैभन्दा ठुलो तलब वृद्धि हुनेछ ।
विश्वको तेस्रो ठुलो अर्थतन्त्रमा मूल्यवृद्धिलाई ध्यानमा राख्दै तलब वृद्धि घोषणा गर्ने कम्पनीको सूचीमा टोयोटा र होन्डा पनि परेका छन् ।
आधिकारिक तथ्याङ्क अनुसार जापानमा मुद्रास्फीति विगत ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ । यसले कम्पनी र त्यहाँको सरकारमा जनताको मद्दतका लागि दबाब बढेको छ । जनताको कम हुँदै गएको व्यय क्षमतालाई सम्हाल्नका लागि यस्तो दबाब दिइएको हो ।
जापानमा प्रत्येक वर्ष, कम्पनीहरूले सामान्यतया तलब वृद्धिको घोषणा गर्नु अघि कर्मचारी युनियनहरूसँग वार्ता गर्छन्, र यो काम प्रायः मार्च १५ को आसपास गरिन्छ । तर, यस पटक कम्पनीहरूले समय अगावै तलब वृद्धि घोषणा गरिरहेका छन् ।
यद्यपि, यी कार निर्माताहरूले अहिलेसम्म यो वर्षको घोषणा किन समयभन्दा अगाडि गरिएको हो भन्ने जानकारी दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त हुँदैन : सांसद मिजार
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव
-
साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो