रुस–युक्रेन युद्ध तत्काल रोक्न आग्रह

बुटवल । मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको बुटवलमा प्रदर्शन गरेको छ । रुस–युक्रेनको युद्ध सुरु भएको १ वर्ष भैसकेको र अझैसम्म पनि युद्ध अन्त्य हुने अवस्था नदेखिएकोले दुवै देशलाई तत्काल युद्ध रोक्न आग्रह एवम् दबाब सिर्जना गर्न शान्ति समाजले विरोध प्रदर्शन गरेको हो ।
बुटवलको बिपीमा चोक आधा घण्टा प्ले कार्ड प्रदर्शन गरिएको थियो । ‘रुस युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, युद्ध निषेध शान्ति विशेष, रुस युद्ध रोक, शान्ति प्रवर्द्धन गर,रुस स्वयुक्रेनमाथि आक्रमण बन्द गर’ जस्ता नारा लेखेका प्ले कार्ड प्रदर्शन गरिएको रुपन्देही शाखा सभापति सभापति कृष्ण भट्टराईले बताए ।
पछिको कोणसभामा बोल्दै समाजका केन्द्रीय सल्लाहकार तथा निवर्तमान सभापति गोविन्द खनालले रुस–युक्रेनको युद्ध रोकिनुपर्ने र यसमा संयुक्त राष्ट्र सङ्घको सकारात्मक भूमिका देखिनुपर्ने बताए । उनले युद्धले समाज नै तहसनहस पारेको बताउँदै संवाद मार्फत रोक्न आह्वान गरे ।कार्यक्रममा केन्द्रीय सदस्य डीपी खनालले रुस–युक्रेनको युद्ध रोक्नका लागि शान्ति समाज सधैँ आग्रह गरेको भन्दै शान्ति समाजले देशभर कार्यक्रम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने