महालेखाले तीन कार्यक्रमको रकम फुकुवा गर्यो
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले तीन कार्यक्रमका लागि रकम फुकुवा गर्ने निर्णय गरेको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना र शिक्षाको लागि खाद्य कार्यक्रम परियोजनाका लागि रकम निकासा फुकुवा गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजनाका लागि विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास महासंघ (आईडीए)ले ऋण सहयोग गरेको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाका लागि विश्व खाद्य कार्यक्रमले र कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनातर्फको विश्व बैंक अन्तर्गत रहेको अन्तर्राष्ट्रिय विकास महासंघ (आईडीए) ट्रस्ट फन्डले दिने अनुदानबापतको रकम फुकुवा गरिएको जानकारी महालेखा नियन्त्रकले दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण