बालुवाटार बैठक : राप्रपाका मन्त्रीलाई बर्खास्तीको संकेत !
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका मन्त्रीलाई बर्खास्त गर्ने संकेत गरेका छन् ।
राष्ट्रपतिको विषयमा निर्णय लिन बसेको कांग्रेससहितको दलहरुको बैठकमा प्रचण्डले परिवर्तन उल्टाउन खोज्ने शक्तिहरुसँग सहकार्य गाह्रो भएको भन्दै अब नयाँ समीकरण बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताएका हुन् ।
प्रचण्डले एमालेसँगको सहकार्य योभन्दा अघि जान नसकेको उल्लेख गर्दै अब नयाँ समीकरण बनाएर जानुपर्ने अवस्था आएको समेत बताएको एक नेताले बताए । उनले एमाले आफै सरकारबाट बाहिरियोस् भन्ने चाहना रहेको उल्लेख गर्दै त्यसपछि प्रदेशसम्मको समीकरणमा बदलाव आउन सक्ने धारणा राखेका थिए ।
फरक फरक विचारधाराका एमालेसहित, राप्रपा र स्वपालाई मिलाएर लैजान सकस भएको उल्लेख गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिसँग सर्तक हुन जरुरी रहेको समेत बताएका थिए ।
उनले ठूलो दलको हैसियतले राष्ट्रपति दिनु उचित हुने धारणा राखेका थिए । प्रधानमन्त्री कसले कति चलाउने लगायतका विषयमा भनेपछि छलफल हुने प्रचण्डको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकमा अमेरिकाको ‘प्रिन्स’ बनेर १५ लाखभन्दा बढी ठगी गर्ने श्रीमान्-श्रीमती पक्राउ
-
बाजुराको लाम्पाटामा हेलिकाेप्टरबाट पठाइयो सशस्त्रको बन्दोबस्ती सामान
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण