अभिनेत्री मिरुनालाई ‘चलचित्र तारा’ सम्मान
आइतबार, १४ फागुन २०७९, ११ : ०७
काठमाडौँ । अभिनेत्री मिरुना मगर ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित भएकी छन् । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले आयोजना गरेको ‘इनरुवा उत्सव चलचित्र महोत्सव’को अवसरमा शनिवार अभिनेत्री सम्मान दिइएको हो ।
कार्यक्रममा अभिनेत्री मगरसहित अग्रज कलाकार रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, पुष्प श्रेष्ठ, ज्योतिराज राई, गायक रामा मण्डल समेत सम्मानित भएको महोत्सवका निर्देशक तथा परिकल्पनाकार अरुणकुमार प्रधानले बताए ।
गत ७ फागुनबाट सुरु भएको महोत्सव १७ गतेसम्म चल्नेछ । महोत्सवमा १८ फिल्म निःशुल्क प्रदर्शन गरिएको छ भने हरेक साँझ साङ्गीतिक कार्यक्रम भइरहेको छ । महोत्सव अन्तिमतिर नेता भर्सेज अभिनेता फुटबल खेलको आयोजना गरिने प्रधानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण