आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या
_KkyaHVm0JB.jpg)
काठमाडौँ । नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले बताए ।
विकास समितितिसमेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उनले जानकारी दिए । अन्यत्रबाट काजमा आएका कार्यरत कर्मचारीको सङ्ख्या आठ छ । एकाउन्न जनालाई भने दरबन्दीकै ठाउँमा करारमा राखिएको छ । चिकित्सालयको सङ्गठनात्मक तालिका नभएकाले स्थायी प्रक्रियामा विज्ञापन गरेर नियुक्तिको प्रक्रियामा जान नसकिएको अस्पताल प्रशासनले जनाएको छ । यसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदतर्फको केन्द्रीय अस्पतालका रूपमा रहेको चिकित्सालयमा १०० शय्या छ ।
पछिल्लो समय बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । हाल दैनिक तीन सय बिरामी बहिरङ्ग सेवा लिन चिकित्सालयमा आउने गरे पनि जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या भएको छ । सय शय्या भएको अस्पतालमा कम्तीमा ४० नर्स चाहिने नियम भए पनि हाल यहाँ १६ जनामात्र कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन
-
प्रभावकारी बन्दै काठमाडौँ महानगरको ‘एक वडा, एक नमूना’ कार्यक्रम
-
असार १५ सम्म विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढेको छ: मन्त्री पन्त
-
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
-
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
-
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु