सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

पुरा होला नेपालको विश्वकप छनोट खेल्ने लक्ष्य ?

यस्तो छ समीकरण
आइतबार, १४ फागुन २०७९, १५ : २२
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । नेपालले एकदिवसीय मान्यता पाएको लामो समय भइसकेको छ । सन् २०१९ बाट नेपालले एकदिवसीय मान्यता जोगाउनुका साथै एकदिवसीय विश्वकपको छनोट खेलहरू खेल्ने योजना बनाएको छ । 

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोट खेल्ने सुनौलो मौका छ । त्यसको लागि नेपालले लिग–२ को अङ्क तालिकाको शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । 

यसका लागि नेपालले अब लिग २ मा बाँकी ८ मध्ये कम्तीमा ७ खेल जित्नुपर्छ । यदि बाँकी सबै खेल जितेमा नेपाललाई झनै सहज हुनेछ । लिग–२ का शीर्ष तीन टोलीले आगामी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । 

नेपालले अब दुई त्रिकोणात्मक सिरिजका खेलहरू खेल्न बाँकी छ । जसमा नेपालले एक सिरिज युएईमा खेल्दा अन्तिम सिरिज घरेलु मैदानमा नै खेल्नेछ । 

त्यसका लागि नेपाली टोली अहिलेदेखि नै तयारी अवस्थामा छ । भर्खरै मात्र घरेलु मैदानमा भएको नामिबिया र स्कटल्यान्डविरुद्धको सिरिजमा नेपालले सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाएको हो । अब नेपालले पपुवा न्युगिनी (पीएनजी) र युएईविरुद्ध सिरिज खेल्नेछ । 

लिग–२ मा पीएनजी तुलनात्मक रूपमा कमजोर टोली हो । अब नेपालले पीएजीसँग चार खेल खेल्न बाँकी छ । पीएनजीसँगको चारमा चारै खेलमा जित निकाल्न सकेमा यूएईविरुद्धको चार खेल मध्ये तीन खेलमा मात्र जित निकाल्न सके विश्वकपको छनोटमा पुग्ने योजना सफल हुनेछ । 

लिग–२ को पछिल्लो समीकरण हेर्दा स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अङ्कका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगेको छ ।

यता दोस्रो स्थानमा भएको ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अङ्कका साथ विश्वकप छनोटमा पुग्न सफल भएको छ । अब विश्वकप छनोटमा पुग्न एक टोलीको टुङ्गो लाग्न बाँकी छ । त्यसका लागि अब नेपाल, नामिबिया र युएई दाबेदार टोली हुन् । 

युएईमा लिग–२ को अन्तिम खेलमा नामिबिया युएईसँग ७ विकेटले पराजित हुँदा नेपालको पनि विश्वकप छनोट खेल्ने समीकरण बनेको हो । 

नामिबियाले नेपाल र यूएईबीचको नतिजामा भर पर्नु पर्ने हुन्छ । जसमा दुई टोलीको जित हारले नामिबियाको यात्रालाई तय गर्नेछ । यता युएई र नेपाललाई भने सबै खेल जिते पुग्नेछ । दुई टोली मध्य एक टोलीले मात्र स्थान बनाउने छ । विश्वकप छनोटमा भने एक टोलीले एकदिवसीय मान्यता जोगाउन लागि खेल्नुपर्नेछ ।

लिग–२ मा नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौँ स्थानमा छ । त्यस्तै युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अङ्कका साथ पाँचौँ स्थानमा रहँदा पीएनजी दुई जित २५ हार र एक बराबरीसँगै ५ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । 

अब नेपाल, पीएनजी र युएईबीच दुबईमा सोमबार त्रिकोणात्मक एकदिवसीय सिरिज सुरु हुँदैछ । नेपालले अब ७ खेल जित्दा ४० अङ्क हुनेछ । त्यस्तै आठ वटै खेल जित्दा नेपालको ४२ अङ्क हुनेछ । ६ खेल जित्दा ३८ अङ्क हुनेछ । नेपालले ३८ अङ्क जोडे एकदिवसीय मान्यता जोगाउन मात्र पुग्नेछ । उसो त नेपालको ३६ अङ्क भए पनि एकदिवसीय मान्यता जोगिनेछ । 

यदि नेपालले अब बाँकी रहेका खेलहरूमध्ये पाँच खेल भन्दा कम जितेको प्लेअफमा एकदिवसीय मान्यता निर्भर रहनेछ । लिग २ का पुछारका चार टोलीले क्वालिफायर प्ले अफ खेल्नेछन् । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली र क्यानडा र जर्सी रहनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप