बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै प्रधानमन्त्रीलाई थप जिम्मेवारी

आइतबार, १४ फागुन २०७९, १७ : १९
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै थप जिम्मेवारी प्रदान गरेकी छन् । 

राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै ती मन्त्रालयको कार्यभार प्रचण्डले नै सम्हाल्नेगरी तोकेको जनाएको छ । 

राप्रपाकातर्फबाट उपप्रधान एवम् ऊर्जामन्त्री  राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुनमन्त्री ध्रुवबहादुर प्रधानले शनिबार पदबाट राजीनामा दिएा थिए । राप्रपाका मन्त्रीहरुले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ अनुसार राजीनामा दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप