नाबालिगलाई बलात्कार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । दुईजना नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
चिनको फुजियन जियामेन घर भई ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टे बस्ने वर्ष ४९ का याङ लिमिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर लतिलपुरले जनाएको छ । चिनियाँ नागरिकले पोखरा महानगरपालिका–१० रामबजार घर भएका दुईजना नाबालिगलाई काठमाडौँ बोलाएर ललितपुरको सोह्रखुट्टेमा रहेको भाडाको घरमा बलात्कार गरेको आरोप छ ।
मङ्सिर १० मा जावलाखेल १७ (परिवर्तित नाम) र मङ्सिर ११ मा राति जावलाखेल १८ (परिवर्तित नाम) लाई ललितपुरमा बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । त्यस्तै आरोपीले बलात्कार गर्ने उद्देश्यले अर्की एकजना नाबालिगलाई झापाबाट काठमाडौँ बोलाएको थाहा भएको छ ।
३ जना पीडितले उनीबिरुद्ध जबरजस्ती करणी मुद्दाको जाहेरी दिएका छन् । चिनियाँले बलात्कार प्रयास गरेको बालिका झापाको मेचिनगर नगरपालिका–११ की स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण