मेस्सी बने फिफा वर्ष खेलाडी
मङ्गलबार, १६ फागुन २०७९, ०९ : १८
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ‘फिफा प्लेयर अफ दी’ इयर अवार्ड जितेका छन् । फिफाले सोमबार राति गरेको ‘फिफा दी बेस्ट अवार्ड’ २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ ‘प्लेयर अफ दी इयर’ अवार्ड जितेका हुन् ।
विश्वकप विजेता मेस्सीले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् । अर्जेन्टिनाका लागि सन् २०२२ को विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेका मेस्सीले गत सिजन क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका छन् ।
महिलातर्फको ‘प्लेयर अफ दी इयर’ अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । पुरुषको ‘कोच अफ दी इयर’ अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण