बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सी बने फिफा वर्ष खेलाडी

मङ्गलबार, १६ फागुन २०७९, ०९ : १८
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ‘फिफा प्लेयर अफ दी’ इयर अवार्ड जितेका छन् । फिफाले सोमबार राति गरेको ‘फिफा दी बेस्ट अवार्ड’ २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ ‘प्लेयर अफ दी इयर’ अवार्ड जितेका हुन् ।

विश्वकप विजेता मेस्सीले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् । अर्जेन्टिनाका लागि सन् २०२२ को विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेका मेस्सीले गत सिजन क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका छन् ।

महिलातर्फको ‘प्लेयर अफ दी इयर’ अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । पुरुषको ‘कोच अफ दी इयर’ अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जिते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप