सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कति पुग्यो पठानको कमाई  ?

मङ्गलबार, १६ फागुन २०७९, ०९ : ५६
मङ्गलबार, १६ फागुन २०७९

मुम्बई । शाहरुख खान अभिनीत पठानले १ हजार २० करोडको व्यापार गरेको छ । यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।

गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखको सहित दीपिका पादुकोण, जोन अब्राहमलगायत छन् । 

झन्डै ४ वर्ष पछि फर्केका शाहरुखलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले बलिउडलाई दिएको दबाबलाई पनि यो फिल्मले  राहत दिएको छ । फिल्म ब्लकब्लस्टर भए पछि पठानको सिक्वेल समेत बन्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप