परीक्षा लिएको ३ वर्षपछि नतिजा सार्वजनिक
मङ्गलबार, १६ फागुन २०७९, ११ : २०
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले तीन वर्षअघि लिएको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २४ माघ २०७६ मा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
परिषद् केन्द्रीय कार्यालय र परिषद् अन्तर्गतका कार्यालयहरूमा रिक्त पदको पदपूर्ति गर्न लोक सेवा आयोगबाट सञ्चालन भएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक हुन सकेको थिएन ।
परिषद्को पदपूर्ति समितिको निर्णयानुसार अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको कम्प्युटर दक्षता परीक्षण तथा अन्तर्वार्ता ४ गतेदेखि ७ चैतसम्म हुनेछ । सीटीईभिटीले विभिन्न पदका ६१ जनाको लागि विज्ञापन गरेको थियो । जसमा सामान्य प्रशासन, लेखापाल, कृषि सहायक प्रशिक्षक लगायत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण