शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सम्पत्ति विवरण

यी हुन् सम्पत्ति विवरण नबुझाउने ११ सांसद

मङ्गलबार, १६ फागुन २०७९, ११ : ५३
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको  ११ सांसदले उल्लङ्घन गरेका छन् । सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ । 

सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा ठुलो दल कांग्रेसका सांसदहरू उदय शमशेर जबरा, अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङ छन् । एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी, राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका सांसद महीन्द्र राय यादव रहेका छन् । 

यस्तै यसअघि ज्येष्ठ सदस्यको रूपमा अध्यक्ष भएर सांसदहरूलाई शपथ खुवाएका राप्रपाका सांसद पशुपति शमशेर जबराले पनि सम्पत्ति विवरण नबुझाएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सम्पत्ति विवरण नबुझाएका सांसदहरूले अब ५ हजार जरिवाना बुझाएर अझै १ महिनासम्म सम्पत्ति विवरण बुझाउनसक्ने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप