शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मधेस सरकारमा समस्या नआउने गठबन्धनको निष्कर्ष

मङ्गलबार, १६ फागुन २०७९, २१ : २५
मङ्गलबार, १६ फागुन २०७९

धनुषा । मधेस प्रदेशमा सत्ता समीकरणमा फेरबदल आएपनि सरकारमा कुनै समस्या नआउने निष्कर्ष निकालिएको छ । केन्द्रमा एमाले सरकारबाट बाहिरिएपनि मधेसमा सो पार्टी सरकारबाट नबाहिरिने गठबन्धनको बुझाइ रहेको छ । 

मंगलबार बसेको नयाँ समीकरणअनुसारको गठबन्धनको बैठकले एमालेलाई सत्ता बाहिर पठाउने कुनै मनसाय नभएको भन्दै सो पार्टीले पनि कुनै निर्णय नलिने विश्वास लिएको छ । बैठकपछि मुख्यमन्त्री सरोजकुमार यादवले एमालेसहितको सरकार मधेस प्रदेशमा निरन्तर रहने विश्वास लिए । एमालेले यदि सरकारबाट बाहिरिने निर्णय गरेपनि सरकार नढल्नेमा यादव ढुक्क छन् । 

एमाले र राप्रपाबाहेकको उक्त बैठकमा आगामी रणनीतिका साथै राष्ट्रपति, उपराष्ट्र निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप