आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ह्वावे क्लाउडद्वारा आयोजित २ दिने सम्मेलन सम्पन्न

बुधबार, १७ फागुन २०७९, १३ : १८
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । ग्लोबल क्लाउड कम्पनीले इन्डोनेसियाको बालीमा २३ देखि २४ फेब्रुअरीसम्म एपीएसी पार्टनर लिडरशिप शिखर सम्मेलन सम्पन्न भएको छ । ह्वावे क्लाउडले ‘गो टुगेदर, ग्रो टुगेदर’ भन्ने नाराका साथ दुई दिने शिखर सम्मेलन सम्पन्न गरेको हो ।

यो एशिया–प्यासिफिक क्षेत्रको सबैभन्दा महत्वपूर्ण क्लाउड इकोसिस्टम कार्यक्रम हो । साथै यसको दिगो विकासको अन्तिम लक्ष्य साझेदारको दक्षता निर्माण गरेर साझेदार नेटवर्कलाई व्यापक रूपमा रूपान्तरण गर्नु हो । यस बहुप्रतीक्षित शिखर सम्मेलनको मुख्य विशेषताहरू ह्वावे क्लाउडको रणनीति र २०२३ को लागि अपडेटहरू र गो क्लाउड र ग्रो क्लाउड नीति सहितको नयाँ साझेदार फ्रेमवर्कको घोषणा थियो । 

जसले पहिलादेखि बलियो रहेको साझेदार इकोसिस्टमलाई अझै बलियो बनाउन खोज्छ । ह्वावे क्लाउडको क्षमता विस्तार गर्न गो क्लाउड सेवा र सफ्टवेयर साझेदारहरूका लागि ६० मिलियन अमेरिकि डलर लगानी प्रतिबद्ध गरिएको छ । किनकि यसले साझेदारीहरूमार्फत प्रभावकारी सहकार्यलाई सक्षम बनाउँछ । यी घोषणाहरूले ह्वावे क्लाउडको आफ्ना साझेदारहरूमा लगानी गर्ने र यस इकोसिस्टमलाई निरन्तर रूपमा विकास गर्नको लागि दुवै पक्ष सँगै अगाडि बढ्न खोज्ने प्रतिबद्धता देखाउँछन् ।

ह्वावे क्लाउडले शिखर सम्मेलनमा सफल केस स्टडीहरू पनि प्रस्तुत गरिएको थियो । यी केस स्टडीहरू विभिन्न प्रकारका साझेदारहरूका लागि विभिन्न विकास मार्गहरू उपलब्ध गराउन र ह्वावे क्लाउडमा सोलुसन र सेवाहरूको बलियो पोर्टफोलियो सिर्जना गर्न मद्दत गर्ने क्रममा साझेदारहरूलाई प्रेरणा दिने उद्देश्यका लागि थिए । यी सोलुसन र सेवाहरूले ह्वावे क्लाउडका ग्राहकहरूका लागि थप भ्यालु अनलक गर्न सक्छन र कम्पनीका साझेदारहरूलाई उनीहरूको ग्राहक आधार विस्तार गर्न र सेयर्ड व्यापार सफलता प्राप्त गर्न बिक्री वृद्धि गरेर मद्दत गर्न सक्छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप