शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

तरकारीमा विषादी परीक्षण नगरिएको भन्दै अनेरास्ववियूको विरोध

बुधबार, १७ फागुन २०७९, १४ : १९
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी  बजारमा भित्र्याउने कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो संगठनका अध्यक्ष समिक बडालले बुधवार एक विज्ञप्ति जारी गरी सो कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा सरकारले विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु दुःखद रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ : ‘विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै पनि भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुःखद पक्ष हो ।’

सरकारको यस किसिमको रवैयाप्रति अनेरास्ववियूले  सबै किसानहरुलाई आन्दोलनमा उत्रिन समेत आह्वान गरेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले २०७६ साल असार २ गते भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवेशष परीक्षण सुरु गरेको बताउँदै सो संगठनले तर हाल जीवनाशक विषादी अवेशषको अधिकतम  सीमालाई निश्क्रिय बनाउने काम भएको आरोप समेत लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ : ‘सरकारको यस किसिमको रबैया प्रति आन्दोलनको मैदानमा उत्रन अनेरास्ववियु सम्पूर्ण नेपाली कृषक दाजुभाईहरुलाई आह्वान गर्दछ । साथै अनेरास्ववियुले  देशैभरी गर्ने सशक्त आन्दोलनमा समेत एेक्यवद्धता जनाउन सम्पूर्ण सरोकारवाला पक्षहरुलाई अपिल गर्दछौं ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप