समाचार
प्रदेश १ नामकरण : प्रदेशसभाको बैठक सुरु
बुधबार, १७ फागुन २०७९, १५ : २४

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेश १ को नामकरण गर्ने कार्यसूचीसहित बैठक बसिरहेको छ । प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेको प्रस्ताव छ । यस्तै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए। प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।
नेकपा (माओवादी केन्द्र) ले भने एमालेले राखेको कोशी प्रदेशको प्रस्तावमा संस्थागत असहमति जाहेर गर्दै मतदान गर्ने जनाएको छ । प्रदेशसभाको आजको बैठकले नामकरणको विषयमा निर्णय गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार