सेनाले नियन्त्रणमा लिएका दुई सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । नेपाली सेनाले नियन्त्रणमा लिएको दुईजना सैनिक अधिकृतलाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश गरेको छ । उपरथी प्रेम प्रकाश शाहीलाई सघाएको आरोपमा सेनाले प्राड विभागमा कार्यरत महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई नियन्त्रणमा राखेको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएपछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको थियो । बुधवार न्यायाधीश हरिप्रसाद फुयाँलले दुई सैनिक अधिकृत सहित उपस्थित हुन सेनालाई आदेश गरेको छ । सर्वोच्चले उनीहरूलाई नियन्त्रणमा लिएको बारे ‘कारण देखाऊ आदेश’ पनि जारी गरेको छ ।
महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनाको आचरण सैनिक अनुशासन विपरीत देखाएको हुनाले सोधपुछ भइरहेको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।
प्राड महासेनानी महेन्द्रजंग शाह र प्राड प्रमुख सेनानी कुलदिप तिम्सिनाले कानुन व्यवसायीमार्फत प्रधान सेनापतिलाई विपक्षी बनाएर रिट सर्वोच्चमा रिट दायर गरेका थिए ।
उपरथी प्रेम प्रकाश शाही अहिले सैनिक प्रहरी गणको हिरासतमा छन् । सर्वोच्च अदालतको आदेश अनुसार पुस १९ मा जंगी अड्डामा हाजिर हुन पुगेका शाहिलाई प्रधान सेनापति प्रभुराम शर्माले थुनामा राख्न आदेश गरेका हुन् ।
निरीक्षणाधिकृत विभागमा कार्यरत शाहीलाई जंगी अड्डाले ५७ वर्ष उमेरहद पुरा भएको कारण देखाएर अवकाश पत्र दिएको थियो । जंगी अड्डाले पुस ४ मा ‘अवकाश पत्र’ दिएपछि सो निर्णय विरुद्ध उनी अदालत गए । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले उनलाई दिएको ‘अवकाश पत्र’ कार्यान्वयन नगर्न आदेश गरेका छन् । २०७९ पुस १३ मा अदालतको आदेशपछि उनी हाजिर हुन गएका हुन् ।
उमेर विवादबारे सर्वोच्चले आदेश गरेपछि हाजिर हुन जाँदा शाहिलाई प्रधान सेनापति प्रभुराम शर्माले ‘बदला’ लिन हिरासतमा राखेको आरोप छ । तर, सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले आर्थिक अनुशासनबारे प्रश्न उठेपछि शाहीलाई छानबिन गरिएको बताए । उनी भन्छन्,‘अलि पहिले देखी नै उहाँमाथि आन्तरिक छानबिन भइरहेको थियो, छानबिन सक्नुपर्ने भएको हुनाले अहिले उहाँलाई जंगी अड्डामै राखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ
-
‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग
-
करणको दोस्ताना–२ बाट निकालिए कार्तिक
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित