पुनरागमन गर्दै युनाइटेड क्वार्टरफाइनलमा
बिहीबार, १८ फागुन २०७९, ०७ : १२
म्यानचेस्टर । एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई हराएर एफए कपको क्वार्टरफानलमा प्रवेश गरेको छ । बुधबार राति युनाइटेड ३–१ गोलले विजयी बनेको हो ।
साइद बेनराहमाले खेलको ५४ औँ मिनेटमा वेस्ट ह्यामलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, ७७ औँ मिनेटमा नायेफ अगुएर्डले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा फर्कियो । खेलको ९० औँ मिनेटमा अलेहान्द्रो गारानाचोले गोल गर्दै टोलीको पुनरागमन पुरा गरे । इन्जुरी समयमा फ्रेडले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
युनाइटेडले आइतबार मात्र न्युक्यासललाई हराउँदै काराबाओ कप जितेको थियो । टोलीले एफए कप भने १२ पटक जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण