सैनिक कारबाहीमा चार जना विद्रोही मारिए
बिहीबार, १८ फागुन २०७९, १३ : १९

मनिला । मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक सहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् ।
कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ ।
सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन् । उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ ।
सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका सैन्य तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन सडक सञ्जालमा जोडियो
-
इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएका गहनासहित दुई जना पक्राउ
-
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष