मलेसियामा फेरि भीषण बाढी
क्वालालम्पुर । मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–सहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् ।
बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो । छब्बीस हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
दक्षिणी जोहोर राज्य र छिमेकी सिङ्गापुर सबैभन्दा बढी प्रभावित भएका छन् । बुधवारको अविरल वर्षाले समस्या थपिएको छ । देशका पाँच राज्य बाढीको चपेटामा परेका छन् । सरकारी अधिकारीहरूका अनुसार विद्यालय र सामुदायिक भवनमा पीडितहरूलाई सारेर राहतका कार्यक्रम सञ्चालन गरिएको छ ।
गत नोभेम्बरमा बाढीबाट पीडित भएको मलेसियामा पुनः बाढीले जनजीवन तहसनहस पारेको छ । मौसम विज्ञान विभागले आगामी एप्रिलसम्म वर्षा हुने जनाउँदै सबैलाई सचेत र सतर्क रहन आह्वान गरेको छ । जोहोर राज्यका सडक जलमग्न भएका छन् । केहीमा क्षति पनि भएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा सवारीसाधन, घर र पसल डुबेका देखिन्छन् । राष्ट्रिय बाढी प्रकोप नियन्त्रण निकायले पोष्ट गरेका तस्बिरमा बच्चालाई बाल्टिनमा बोकेर सुरक्षित स्थानमा लगिएको देखिन्छ ।
देशका २५ नदीमा पानीको सतह खतराको तहमा पुगेको उक्त निकायले जनाएको छ । भारी वर्षाका कारण हालसम्म एक सय दुई स्थानमा पटक पहिरो गएको छ । (रासस/एपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण