कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो
शुक्रबार, १९ फागुन २०७९, ०७ : ०८
_63ushfelWh.jpg)
मड्रिड । लगातार दुई खेलमा पराजयपछि पुनरागमन गर्दै बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई उसैको घरेलु मैदानमा हराएको छ ।
खेलको पहिलो हाफमा एडर मिलिटाओले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक बन्यो । स्यान्टियागो बर्नेबेउमा घरेलु टोलीले खेलमा नियन्त्रण बनाउँदै गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । ज्याभीको टोलीले रक्षात्मक खेल प्रदर्शन गर्दै रियलको आक्रमणलाई विफल बनाएको थियो । अब दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापान भ्रमण उपलब्धिमूलक भयो : परराष्ट्रमन्त्री राणा
-
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आव्हान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ