कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो
शुक्रबार, १९ फागुन २०७९, ०७ : ०८
मड्रिड । लगातार दुई खेलमा पराजयपछि पुनरागमन गर्दै बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई उसैको घरेलु मैदानमा हराएको छ ।
खेलको पहिलो हाफमा एडर मिलिटाओले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक बन्यो । स्यान्टियागो बर्नेबेउमा घरेलु टोलीले खेलमा नियन्त्रण बनाउँदै गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । ज्याभीको टोलीले रक्षात्मक खेल प्रदर्शन गर्दै रियलको आक्रमणलाई विफल बनाएको थियो । अब दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण