शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सैफले फोटोग्राफरलाई किन भने, ‘बरु तपाईँ बेड रुममा नै आउनुहोस् न...’

शुक्रबार, १९ फागुन २०७९, १५ : ३७
शुक्रबार, १९ फागुन २०७९

बलिउड अभिनेता सैफ अली खानले फोटोग्राफरहरुलाई बेड रुममा नै आऊ भनेर कटाक्ष गरेका छन् । सैफले आफू र श्रीमतीको फोटो खिच्न चाहने फोटोग्राफरहरुलाई यस्तो बताएका हुन् । 

उनको घर नजिकै थुप्रै फोटोग्राफर बसेको देखेर सैफ रिसाए । यसैबीच पापाराजीले उनलाई फोटो खिच्नका लागि आग्रह गर्दा उनले भने, ‘एउटा काम गर्नुहोस्, हाम्रो बेड रुममा आउनुहोस् ।’

यो सुन्ने बित्तिकै मिडियाकर्मीले उनलाई सरी पनि भन्छन् । त्यसपछि यो जोडी घर भित्र जान्छन् र सैफले ढोका बन्द गर्छन् ।

kareena_saif1भिडियो हेरेपछि प्रयोगकर्ता रिसाए

यो भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आफ्नो कडा प्रतिक्रिया दिइरहेका छन् । कमेन्ट गर्ने क्रममा एक प्रयोगकर्ताले लेखे, ‘फाल्तुको एटिट्युड’ । यस्तै, अर्का प्रयोगकर्ताले लेखे, ‘यिनीहरूको पछाडि भाग्न किन पर्‍यो ।’

kareena_saif2मलाइका अरोडाको पार्टीमा गएका थिए सैफ–करिना

स्मरण रहोस्, बलिउड अभिनेत्री तथा करिनाकी निकै मिल्ने साथी मलाइका अरोडाले बिहीबार राती आफ्नी आमाको जन्मदिन मनाए । यो मौकामा नायिकाले जन्मदिनको पार्टी आयोजना गरे जसमा करिना, सैफसमेत थुप्रै बलिउड सेलिब्रिटी पुगेका थिए । 

kareena_saif3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप