सैफले फोटोग्राफरलाई किन भने, ‘बरु तपाईँ बेड रुममा नै आउनुहोस् न...’
बलिउड अभिनेता सैफ अली खानले फोटोग्राफरहरुलाई बेड रुममा नै आऊ भनेर कटाक्ष गरेका छन् । सैफले आफू र श्रीमतीको फोटो खिच्न चाहने फोटोग्राफरहरुलाई यस्तो बताएका हुन् ।
उनको घर नजिकै थुप्रै फोटोग्राफर बसेको देखेर सैफ रिसाए । यसैबीच पापाराजीले उनलाई फोटो खिच्नका लागि आग्रह गर्दा उनले भने, ‘एउटा काम गर्नुहोस्, हाम्रो बेड रुममा आउनुहोस् ।’
यो सुन्ने बित्तिकै मिडियाकर्मीले उनलाई सरी पनि भन्छन् । त्यसपछि यो जोडी घर भित्र जान्छन् र सैफले ढोका बन्द गर्छन् ।
भिडियो हेरेपछि प्रयोगकर्ता रिसाए
यो भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आफ्नो कडा प्रतिक्रिया दिइरहेका छन् । कमेन्ट गर्ने क्रममा एक प्रयोगकर्ताले लेखे, ‘फाल्तुको एटिट्युड’ । यस्तै, अर्का प्रयोगकर्ताले लेखे, ‘यिनीहरूको पछाडि भाग्न किन पर्यो ।’
मलाइका अरोडाको पार्टीमा गएका थिए सैफ–करिना
स्मरण रहोस्, बलिउड अभिनेत्री तथा करिनाकी निकै मिल्ने साथी मलाइका अरोडाले बिहीबार राती आफ्नी आमाको जन्मदिन मनाए । यो मौकामा नायिकाले जन्मदिनको पार्टी आयोजना गरे जसमा करिना, सैफसमेत थुप्रै बलिउड सेलिब्रिटी पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण